अमेरिका, ३ कार्तिक । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ ।
गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक घोषणा गरेको हो ।
गीलफर्ड काउन्टी अफ कमिसनर (आयुक्त) ब्रान्डन ग्रेका अनुसार दसैँ र तिहारमा नेपालीहरूलाई बिदा दिनको लागि माग भए बमोजिम आयुक्तहरूको बैठकमा छलफल पनि भएको तर सार्वजनिक बिदाका दिनको लागि काउन्टीले निर्णय गर्न नसक्ने हुँदा सो सम्बन्धी निर्णय गर्न नर्थ क्यारोलाइनाको राज्य संसदमा पठाउने पनि निर्णय भएको बताए ।
घोषणापत्रमा अनुसार दिवापली (तिहार) आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म मनाउने जनाएको छ । उक्त कार्यक्रममा नेप्लिज् स्टुडेन्ट एसोसियसन यूएनसिका अध्यक्ष विनीत अर्यालले नेपाली समुदायका तर्फबाट गीलफर्ड काउन्टीलाई धन्यवाद दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्