राजनीति

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने



काठमाडौँ, ४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ । 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको सभापतिलाई लामिछानेलाई आज अदालतमा पेस गरिने भएको हो । 

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।