काठमाडौँ, ४ कार्तिक । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ ।
आज अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका हुन् ।
‘….सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्