काठमाडौँ, ४ कार्तिक । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक पर्यटकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्यान्डका नागरिकको मृत्यु भएको हो ।
चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्यान्डका नागरिक राहदानी नं. एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको हो ।
राति सकुशल सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको हो । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्