राजनीति

अन्तर्राष्ट्रिय उडानमा रहेका नेपाल एअरलाइन्सका ३ वटै विमान सञ्चालनमा



काठमाडौँ, ५ कार्तिक । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुई वटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याई तत्काल मर्मतको काम सकेर हिजो बेलुकीदेखि उडानमा ल्याइएको छ ।

अस्ति शनिवार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई वटा न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि सञ्चालनमा आएको हो ।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप नियमित मर्मत गर्ने गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।