तनहुँ, ६ कार्तिक । तनहुँ जिल्लाको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी रु दुई लाख बढी आम्दानी गरेको छ ।
फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार नगरपालिकाले पानीका बोतल, आल्मुनियम, टीन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरी रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको हो ।
नगरले गत भदौ ८ गतेदेखि फोहरको सुक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरेको थियो ।करिब रु एक लाख बराबरका एलडी, एचएम, पिपी, गुडियालगायत सामानहरु बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्