काठमाडौँ, ६ कार्तिक । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
धनुषा प्रहरीका अनुसार हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई करेन्ट लागेर मृत्यु भएको हो ।
छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्