राजनीति

अध्यादेश ल्याउँछु भनेको छैन : प्रधानमन्त्री ओली



काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ल्याउन खोजेको विषय हल्लामात्रै भएको बताएका छन् ।

आज बिहान सत्ता गठबन्धन दलको बैठकमा ओलीले दल विभाजन कानुन विहीनताको अवस्थामा राख्न नहुने पक्षमा भने आफू रहेको बताएका छन् । 

प्रधानमन्त्रीले ओलीले बैठकमा भनेका छन्, “दल विभाजनसम्बन्धी कानुन विहीनताको अवस्थामा राख्नुहुँदैन । कानुन त ल्याउनुपर्छ नै । मैले प्रधानमन्त्रीको तर्फबाट अध्यादेश ल्याउँछु भनेको छैन । हल्ला चलाइयो,” ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दल पनि त्रासमा देखिएका थिए । नेपाली कांग्रसले नमान्दा दल विभाजनसम्बन्धी अध्यादेश टरेको चर्चा पनि भएको थियो ।