समाचार

गेस्ट हाउसमा एक युवती मृत फेला



काठमाडौँ, ८ कार्तिक । काठमाडौँको कलङ्की स्थित गण्डकी गेस्ट हाउसमा २९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् । मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिन्छ ।

असोज ५ मा साँझ उनी सो गेस्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।