समाचार

सिटामोल पर्याप्त छ : नेपाल औषधि लिमिटेड



काठमाडौँ, ८ कार्तिक । नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ ।

देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो ।

नेपाल औषधि लिमिटेडका अनुसार सिटामोल पर्याप्त रहेको र नियमित रुपमा उत्पादन/बिक्रीवितरण भइरहेको छ ।

उनका अनुसार डेंगु संक्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन् । सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।