अर्थ

१५ करोड बराबरको पुष्पखेतीमा नोक्सान



काठमाडौँ, १० कार्तिक । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा क्षति पुर्‍याएको छ ।  यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।  

फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।   

गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए  । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।  

उनका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको  माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ  ।