समाचार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौँ, १० कार्तिक । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज बिहान ४:५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका-३ साततेलमा दुर्घटना भएको हो ।

दुर्घटनामा दाङको  दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

पाँच जना सवार रहेको जिप सडकबाट झन्डै तीनसय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ ।

सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३  र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको प्रहरीले जनाएको छ ।