राजनीति

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने



काठमाडौँ, १० कार्तिक । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताए ।

उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । उनले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतीहरु महशुस गरिरहेको पनि उल्लेख गरे ।