समाचार

१२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौँ, ११ कार्तिक । आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।