मनोरञ्जन

फिल्म अभिनयमा फर्किए भुवन केसी



काठमाडौँ, ११ कार्तिक । ठीक तीन वर्षपछि अभिनेता भुवन केसीले फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ ।

सोमबारदेखि छायांकन सुरु हुन लागेको फिल्म ‘जेरी अन टप’बाट केसी अभिनयमा फर्किन लागेका हुन् ।

यस फिल्ममा उनी अनमोल केसीका पिताको भूमिकामा देखिंदैछन् । भुवनले पछिल्लो पटक सन् २०२१ मा रिलिज भएको फिल्म ‘डाँडाको वरपीपल’मा अभिनय गरेका थिए ।

‘जेरी अन टप’मा अनमोलकी आमाको भूमिकामा विपना थापाले अभिनय गर्दैछिन् । भुवन र विपनाले यसमा बाबुआमाको रोलमा जोडी बाँध्दैछन् । सन् २००६ मा रिलिज भएको फिल्म ‘मानिस’पछि भुवन र विपनाले जोडी बाँध्न लागेका हुन् ।

सुयोग गुरुङले निर्देशन गर्ने ‘जेरी अन टप’को छायांकन सोमबार ललितपुरको बंगलामुखी मन्दिरदेखि सुरु हुँदैछ ।

५० दिनको छायांकन तालिका राखिएको यो फिल्मलाई काठमाडौँ, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिंदैछ । फिल्ममा जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्माको समेत अभिनय हुनेछ ।