झापा, १३ कार्तिक । बचत हिनामिना गर्ने झापाको शिवसताक्षी– ३ मा रहेको उन्नति बचत तथा ऋण सहकारीका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । उनीहरूलाई ४३ लाख बिगोसहित ३७ जनाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए ।
उनी प्रदेश सभा सदस्य एवं एमाले नेता राधाकृष्ण खनालका छोरा हुन् । खनाल केही दिनअघि पक्राउ परेकामा सोमबार सहकारीका व्यवस्थापक मित्रलाल भट्टराईलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सहकारीका अध्यक्ष सुमन र पदाधिकारीले एक करोड ३९ लाख ७७० रुपैयाँ अपचलन गरेको शिवसताक्षी नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनले औँल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्