Banner News

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, १३ कार्तिक । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् ।

सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन ।

मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार चिढिएको छ ।