Uncategorized

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना



सिरहा, १३ कार्तिक । सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ ।

सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको  छ । 

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए । अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो ।