राजनीति

पूर्वाधार निर्माणमा ढिलासुस्तीलाई गर्न दिइँदैन : मुख्यमन्त्री आचार्य



बुटवल, १३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्न नदीने  बताएका छन् ।

आज दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै ढिलासुस्तीलाई नसहने उनले स्पष्ट पारे ।

उनले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए ।  बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए ।

उनले निर्माण व्यवसायीको आफ्नो इज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि समयमा सम्पन्न गर्नुपर्ने बताए ।