भक्तपुर, १३ कार्तिक । जिल्लाको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको बस खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय भक्तपुरका अनुसार आज नगरपालिका कार्यालयसँगैको घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा विद्युत्को खम्बा समेत भाँचिएको उनले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्