समाचार

बाल हिंसा अन्त्य गर्न बालबालिकासँग छलफल



ललितपुर, १३ कार्तिक । बाल हिंसा अन्त्य गर्ने सवालमा राजधानीमा बालबालिकासँग छलफलको आयोजना गरिएको छ ।

बाल हिंसा अन्त्यको सन्दर्भमा आगामी नोभेम्बर, ७ र ८ गते कोलम्बियाको बगोटामा प्रथम मन्त्रीस्तरीय सम्मेलनमा नेपालको पनि प्रतिनिधित्व हुने भएकोले नेपाली बालबालिकासँग उनीहरुमाथी भइरहेको हिंसाको अन्त्यका लागि चाल्नुपर्ने कदमबारे प्रतविेदन तयार गर्न छलफलको आयोजना गरएिको हो । राष्ट्रिय बाल संरक्षण सञ्जालद्वारा मङगलबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह–सचवि दीपक नेपालले बालबालकिाले आफुमाथी हुने हिंसाबारे आयोजित छलफलमा उठेका विषय रास्ट्रीय स्तरका साथै अन्तराष्ट्रिय स्तरमा समेत उठान गर्नुपर्नेमा जोड दनिुभयो ।

बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष ऋतु भट्ट राईले बालबालिका विरुद्ध हुने हिंसा तथा समस्याबारे बालबालिका स्वयमले आफ्नो आवाज उठाउन सकुन्, भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले बालबालकिाले आफ्नो जायज माग र आवाजलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका मञ्चसम्म पुर्‍याउन सक्छन र त्यसका लागि वातावरण तयार गर्न सरोकारवाला सबैको दायित्व रहेको बताउनुभयो । राष्ट्रिय बाल अधकिार परषिद्को सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिका माथी हुने सबै प्रकारका हिंसा दुर्व्यवहार, बालश्रम, बेचबखिन हुन नदनि परविार, समाज र राज्य सजग हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा छलफलमा सहभागी बालक कृष्ण शाहले समाजमा बालकले पढ्नुपर्छ, बालिकाले पढ्न हुन्न भन्ने विभेदकारी हिंसा अहिले पानी जारी रहेको बताउनुभयो । राष्ट्रिय बाल परिषदका उपाध्यक्ष बम बहादुर बानियाले विकास साझेदार र सरकार तथा सरोकारवाला निकाय सबै मिलेर बालहिंसा अन्त्य गर्ने पहलमा हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । युनिसेफ नेपालका बाल संरक्षण अधिकृत राम प्रसाद गौतमले बाल हिंसा अन्त्यका लागि कोलम्वियामा आयोजना हुने पहिलो विश्व मन्त्रीस्तरीय सम्मेलनको महत्व र नेपालबाट सहभागि जनाउने निकायबारे जानकारी दिनुभयो ।

राष्ट्रिय बालसंरक्षण सञ्जालका अध्यक्ष किरण थापाले बालबालिकाले उठाएका सवाल तथा सुझावलाई नागरिक समाजको तर्फबाट कोलम्वियामा हुने दुई दनिे सम्मेलनमा नेपालको एजेन्डा बनोस् भन्दै शुभकामना दिनुभयो ।