काठमाडौँ, १४ कार्तिक । कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैराे हेराेइनसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय अमितकुमार वर्णवार र बेलाैरी नगरपालिका-२ बस्ने सितादेवी चाैधरीलाई पक्राउ गरेकाे हाे ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासकाे संयुक्त टाेलीले पुनर्वास नगरपालिका-३ काे आईबीआरडीबाट दुई जनालाई पक्राउ गरेकाे हाे ।
सुदूरपश्चिम प्रदेशमा याे एकैपटक ठूलाे मात्रामा लागुऔषध खैराे हेराेइन बरामद भएकाे पहिलोपटक हाे । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पुनर्वासले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्