राजनीति

बाबुराम भट्टराईद्वारा माओवादीकाे नाम प्रचण्डपन्थी राख्न सुझाव



काठमाडौँ, १४ कार्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको बताएका हुन् । 

उनले लेखेका छन्, ‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ । परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो’, ।