पोखरा, १४ कार्तिक । गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् ।
बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् । तथ्यले प्रमाणित भए सबैमाथि अनुसन्धान र कारबाही गर्ने उनको भनाई छ ।
‘धनराजजी माथि पनि अनुसन्धान हुन्छ । छानबिन हुन्छ । यदि तथ्यले, प्रमाणले उहाँले पनि गैर कानुनी काम गरेको देखियो भने उहाँका माथि पनि कारबाही हुन्छ । तथ्य र प्रमाणले देखिनुपर्यो । सबैका माथि अनुसन्धान हुन्छ, कसै व्यक्तिको मात्रै नाम लिनै परेन । मुख हेरेर अनुसन्धान र कारबाही गर्ने होइन । तथ्य र प्रमाण हेरेर अनुसन्धान र कारबाही गर्ने हो । जता जता तथ्य र प्रमाण जान्छ त्यता त्यता अनुसन्धान जान्छ । त्यसमा सबै पर्नुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्