काठमाडौँ, १६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति पनि आपत्ति जनाए ।
उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियोरु यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ । र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ । ’
सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
उनले थपेका छन्,‘बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध९संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ।’
प्रतिक्रिया दिनुहोस्