राजनीति

भक्तपुर जीवित संग्रहालय हो : प्रधानमन्त्री ओली



भक्तपुर, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा सहर नै जीवित संग्रहालय भएको बताएका छन् ।

शनिबार भक्तपुरमा नेपाल संवत् ११४५ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री ओलीले भने , ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर पनि मानिन्छ । यो संग्रहालय पनि हो । जुन संग्रहालयमा मानिसहरु बसोवास परापूर्व कालदेखि बसेका छन् । मानिसहरु बस्दाबस्दै यसलाई संग्रहालय मान्न सकिने अवस्थामा पुगेको छ । सिंगै सहर । भक्तपुर एउटा जिउँदो संग्रहालय हो । जहाँ पर्यटकहरुको आकर्षणको केन्द्र हो । यो वास्तवमा दुनियाँकै मानिस जातिका लागि एउटा आश्चर्यजनक ठाउँ पनि हो । जहाँ आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य छ । नृत्य, कला छ । सबै आफ्ना छन् । यसै ठाउँबाट शंखधर शाख्वा हुनुहुन्थ्यो ।’