राजनीति

भोलि पोखरामा आन्दोलन गर्दै रास्वपा



काठमाडौँ, १९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई म्याद थपका निम्ति अदालतमा पेस गर्ने दिन पोखरामा सशक्त आन्दोलन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू पोखरा जाने क्रम सुरु भएको छ ।

पार्टी उपसभापति तथा आन्दोलन सञ्चालन समितिका संयोजक डीपी अर्यालले आफूहरूको आन्दोेलन मंगलबार (भोलि) पोखरामा हुने जानकारी दिए ।

लामिछानेका निम्ति थपिएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, कात्तिक १५ देखि तिहार बिदाका कारण अदालत नखुलेकाले प्रहरीले उनलाई मंगलबार पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । रास्वपाले भने म्याद थपका लागि लैजाने दिन पोखराकेन्द्रित आन्दोलन चर्काउने तयारी गरेको छ ।