काठमाडौँ, २० कार्तिक । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्