काठमाडौँ, २० कार्तिक । सर्वोच्च अदालतले भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध भएको भन्दै दायर रिट खारेज गरिदिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलेको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसहितले दायर गरेको रिट खारेज गरिदिएको हो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ०८० माघमा भएको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपालसँग भारतले १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौता संविधानविपरीत रहेको भन्दै उपाध्यायले रिट दायर गरेका थिए । उक्त रिट खारेज गरी निर्देशनात्मक आदेश जारी भएको हो । अदालतको आदेशको पाठ भने आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्