काठमाडौँ, २१ कार्तिक । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारका अनुसार पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको हो ।
यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक-फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ ।
यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ’, अध्यक्ष चित्रकारले बताए ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक-फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।
प्रतिक्रिया दिनुहोस्