मनोरञ्जन

‘पूर्णबहादुरको सारङ्गी’ले ६ दिनमा कमायो ७ करोड



काठमाडौँ, २१ कार्तिक । लक्ष्मीपूजाको दिन (१५ गते) बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ ।

फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेकर्ड तोड्ने बाटोमा देखिएको छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको ५ दिने कमाइ भनेर सोमबारसम्मको व्यवसाय ४ करोड ८७ लाख ग्रस कमाइ भनेर सार्वजनिक गरेको थियो । फिल्मले मङ्गलवार मात्रै दुई करोड बढी व्यवसाय गरेको वितरक ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले बताए ।

उनका अनुसार फिल्मले अहिलेसम्म ७ करोड बढी व्यवसाय गरिसकेको छ । फिल्मले आज बुधवार समेत २ करोडको व्यवसाय गर्ने अनुमान राठीको रहेको छ । 

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको निर्देशक सरोज पौडेल हुन् । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।