काठमाडाैँ, २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गरेका छन् ।
छठ पर्वको शुभकामना दिँदै उनले प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको उल्लेख गरे । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज । प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ । सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको माप सुरु भयो । हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन् । सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना !!’
प्रतिक्रिया दिनुहोस्