काठमाडौँ, २२ कार्तिक । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।
भोलि कार्तिक२३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द रहनेछ । योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ । त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।
त्यसैगरी काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ ।
प्रतिक्रिया दिनुहोस्