काठमाडौँ, २२ कार्तिक । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेका छ ।
केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले प्रचण्डले छलफलका लागि पदाधिकारी बैठक डाकेका छन् । सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बस्नेगरी बोलाएको बताए ।
सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितीको बैठक गरेको माओवादीको दशैंतिहारलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो । तर, उपनिर्वाचनको मिति नजिकिएकाले पार्टी ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ ।
उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेसहितको प्रस्ताव अघि सारेपछि उत्पन्न तरंग केन्द्रीय कमिटीबाटै हल गर्ने सहमति बनेको छ। शर्माले उठाएका सबै बिषय आफ्नो दस्तावेजमा राख्ने प्रचण्डले आश्वासन दिएपछि माओवादीभित्र देखिएको विवाद तत्काललाई टरेको छ।
प्रतिक्रिया दिनुहोस्