काठमाडौँ, २४ कार्तिक । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् ।
आज नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘नेकपा एमाले अविचलित रूपमा कानुनी शासनका पक्षमा उभिँदै आएको जिम्मेवार पाटी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलाबल्लभ अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ ।’
प्रतिक्रिया दिनुहोस्