काठमाडौँ, २५ कार्तिक । वैदेशिक रोजगारीमा लगाइदिने बहानामा ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले धादिङको गंगाजमुना गाउँपालिका–४ का सञ्जीव् गुरुङ र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुलीलाई पक्राउ गरेको हो ।
अभियुक्त गुरुङले दुबई पठाइदिन्छ भन्दै तीनजनाबाट १९ लाख ७० हजार र पराजुलीले क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भन्दै ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रकरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्