काठमाडौँ, २५ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा आफूहरूले कुनै हल्ला नगरेको स्पष्ट पारे ।
सञ्चारकर्मीहरूले रवि लामिछानेलाई पक्राउ गरेर सकार पूर्वाग्रही बनेको हो भन्ने प्रश्नमा उनले भने‚ ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’
प्रतिक्रिया दिनुहोस्