काठमाडौँ, २६ कार्तिक । आज सेयर बजार नेप्से २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको छ ।
सोमबार ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसैगरी सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको घटेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे । निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटे ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९.६ प्रतिशत मूल्य बढ्यो ।
प्रतिक्रिया दिनुहोस्