राजनीति

अधुरा, अपूरा कामहरू पूरा हुन्छन्: सभापति देउवा



डडेल्धुरा, २७ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्लामा आफूले थालेका अधुरा, अपूराहरू अब छिट्टै पूरा हुने बताएका छन् ।

उनले सोमबार महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे । त्यसक्रममा सभापति देउवाले रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गर्ने कामका लागि आफूले पहल गर्ने बताए ।

देउवाले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।