राजनीति

सानाले ठूला दलमाथि शासन गरे : महासचिव पोखरेल



विराटनगर, २७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रमुख दलहरू माथि साना दललले शासन गर्ने परिपाटी भएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले आउने चुनावमा जनमत विभाजन हुन नदिनेगरी  संविधान संशोधन हुने दाबी गरे ।

उनले भने, ‘हामी जे काम गर्छौ त्यसको रिफ्लेक्सन आउने चुनावमा हुन्छ,’ ‘धेरै दलमा जनमत विभाजन भएर प्रमुख दलहरू माथि साना दललले शासन गर्ने परिपाटी भयो । नेपालको लोकतन्त्रमा त्यो चिज तुरुन्तै अन्त्य गरेर हुँदैन । त्यो चुनावको नयाँ जनादेशबाट हुन्छ ।’

साना दलले ठूला दलमाथि गरेको शासन चुनावबाट अन्त्य गर्ने हिसाबले नै संविधान संशोधनको विषयलाई अगाडि बढाइएको उनले बताए । ८४ को चुनावपछि  राजनीति गर्न चाहने दलले बलियो हुनुपर्ने उनले बताए । ‘साना दलहरूले म्याजिक नम्बर पायौँ भन्ने अर्थमा शासन गर्ने परिपाटी बेहोर्नु परेकोले त्यो अन्त्य गर्न खोजिएको हो,’ उनले भने ।