राजनीति

गण्डकीका सांसद गौचनको निधन



पोखरा, २९ कार्तिक ।  गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।

डेंगु रोगका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनको गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन काँग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।