काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको विभागमा रामकृष्ण लकान्द्री, दीपक सोनी, कलावती पासवान, विपेन्द्र रामुदामु, कुमार टेलर, शान्ता सुनार, प्रकाश घतानी, सुनिल बुढाथोकी, कुमारी सार्की र केदार गान्धारीलाई सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्