राजनीति

कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने



काठमाडौँ, ३० कार्तिक । सत्ता साझेदार दल नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार मात्र टुङ्गो लगाउने भएको छ ।

यसका लागि प्रदेश संसदीय बोर्डको बैठक बोलाइएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । तर‚ कांग्रेसले २ दिन अघिसम्म पनि चासोका साथ हेरिएको कीर्तिपुर नगर प्रमुखको टिकट टुङ्गो लगाउन सकेको छैन ।