काठमाडौँ, ३० कार्तिक । राजधानीको चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनधिकृत संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
आज महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा तथा फुटपाथ अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन डोजरसहित गौशाला पुगेको थियो ।
सो क्रममा स्थानीय र महानगर प्रहरीबिच केहीबेर तनावको अवस्था समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्