काठमाडौँ, ३० कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् ।
आज एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोली महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताएका हुन् ।
उनले भने, ‘नेपाल र चीनका बिचमा विगत लामो समयदेखि जुन प्रकारको उच्चस्तरको सम्बन्ध रहँदै आएको छ त्यसको निरन्तरता नै हुन्छ भन्ने मलाई लाग्दछ’, ‘त्यसैले यो भ्रमणलाई हामीले सद्भावना भ्रमणकै रूपमा बुझेका छौँ । र, भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ भन्ने हाम्रो विश्वास हो ।’
प्रतिक्रिया दिनुहोस्