काठमाडौँ, १ मंसिर । देशभर चार हजार तीन सय हेक्टरमा कफी खेती विस्तार भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ ।
आजदेखि लागू हुनेगरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो । हरेक वर्ष बोर्डले कफीको नयाँ मूल्य निर्धारण गर्ने गरेको छ । नयाँ मूल्यअनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकिलो एक सय ५ रुपैयाँ र ग्रेड ‘बी’ को ९५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को पाँच सय ३५ र ग्रेड ‘बी’ को प्रतिकिलो चार सय ८२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । ड्राइ चेरी ग्रेड ‘ए’ कफी किलोको दुई सय ८० र ग्रेड ‘बी’ को दुई सय ४७ रुपैयाँ मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ ।
आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्