भक्तपुर, १ मंसिर । रमेश गिरी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको हुर्मत दिएको भन्दै आक्रोस जनाउनुभएको छ ।
आज भक्तपुरमा नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रचण्डले ३२ सिट म्याजिक भएको भन्दै पाँच वर्ष सत्ताको नेतृत्व गर्ने खेल खेलेर साना दलले राज्य सञ्चालन गर्ने घुणित खेल खेलेको आरोप लगाउनुभयो । प्रधानमन्त्री कपी शर्मा ओली नेतृत्व सरकार यतिखेर विगतका सरकारले विगारेका कामलाई सुधारेर सरकार अगाडि बढिरहेको बताउनु भएको छ । सरकारले मुलुकलाई आशा जगाएर देश बनाउने काममा लागिरहेको बताउनुभयो ।
उहाँले भन्नभयो, “एमाले यतिखेर संयुक्त सरकारमा छ, एमालेले सरकारको नेतृत्व गरिरहे पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डा बोकेर सरकार अगाडि बढिरहेको छ, यतिखेर सरकार विगतका सरकारले बिगारेका काम बनाएर मुलुक बनाउने काममा लागिरहेको छ ।”
राज्य र जनता मिलेर देश बनाउनु पर्ने औल्याउदै उहाँले राजनीतिमा स्थायीत्व ल्याउन सके देश बिकासका लागि धेरै समय नलाग्ने बताउनु भयो । राजनीतिक स्थायित्व नहुँदा साना दलकै कारण पटक पटक सरकार परिवर्तन भइरहने समस्याले देश बिकासमा पछाडि धकेलिएको भन्दै उहाँले साना दल पनि ठूला दलमा आउनु पर्नेमा जोड दिनुभयो ।
राजनीतिमा आएर नेता बन्न लामो समयको त्याग, तपस्या चाहिने भन्दै उहाँले पछिल्लो समयमा सामाजिक अराजकताका कारण देश कमजोर भएको बन्दै गएको रसामाजिक सञ्जालमा चर्चामा आएपछि सजिलै नेता बन्न सकिन्छ भन्ने मान्यताको बिकास हुन थालेकाले यसले देश झन बिग्रने बताउनुभयो । जनताले नेकपा एमाले वा नेपाली काँग्रेस मध्ये एक दललाई पाँच वर्षसम्म एकल सरकार चलाउने गरि म्याउण्डेड दिएर पठाउनु पर्ने उहाँले जिकिर गर्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “आउँदो ०८४ को चुनाबमा एमाले र काँग्रेसले अरु कुनै दलसंग तालमेल नगरी एक्ला एक्लै चुनाब लड्ने भएको छ, यस्तो अबस्थामा जनताले दुई पार्टी मध्ये एउटालाई विश्वास गरेर पाँच वर्ष एकल सरकार चलाउने म्याण्डेड दिएर पठाउनुस्, तब देश बिकासले गति लिन्छ ।”
उहाँले एमालेले मनमोहन अधिकारीको नौ महिने सरकारमा मात्र नभई केपी ओली नेतृत्व सरकारले पनि नाकाबन्दीदेखि कोरोना महामारीसमेत खेपेर भएर देशलाई अगाडि बढाएको र ७ प्रतिशत आर्थिक बृद्धिदर गरेको दाबी गर्नभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई, एमाले पोलिटव्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, वागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायतले एमालेको मिसन ०८४ अभियानलाई सफल पार्न सबै नेता कार्यकर्ता एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्