काठमाडौँ, १ मंसिर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोज पक्कीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय मिलिग्राम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०२-००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २५ वर्षीय प्रतीक कुँवरलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्