राजनीति

उपनिर्वाचनमा नेपाल परिवार दलद्वारा एमालेका उम्मेदवारलाई समर्थन



काठमाडौँ, २ मंसिर । नेपाल परिवार दलले यहि मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि  नेकपा (एमाले)का सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । ढकालले सुर्य चिन्हमा मतदान गरि एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराउन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आव्हान समेत गरेका छन् ।