समाचार

कुटपिटबाट एकजनाको मृत्यु, तीन पक्राउ



काठमाडौँ, २ मंसिर । रुपन्देहीमा कुटपिटबाट एकजनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कुटपिटबाट मायादेवी गाउँपालिका–७, बैरीहवाका ३५ वर्षीय राजु सहानीको मृत्यु भएको हो ।

उक्त आरोपमा सोही ठाउँका २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहारलाई गएको शुक्रबार राति पक्राउ गरिएको छ ।

पुरानो रिसइबीका कारण उनीहरूले कुटपिट गरेका खुलेको छ । कुटपिटबाट सहानी गम्भीर घाइते भएका थिए । भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही ठाउँका २१ वर्षीय अजय सहानी फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।